![](https://rojgariapp.com//storage/189/dubai-rojgariapp.jpg)
By : Rojgari App
Date : 2023-04-27
यूएईबाट पनि विदेशी कामदारको कोटा कटौती
साउदी र मलेसियापछि यूएईले पनि आफ्नो मुलुकका कादारलाई रोजगारीमा प्राथमिकता दिने नीति लिएको छ । यस नीति अनुसार यूएईले आफ्नो मुलुकमा रहेका कम्पनीमा वार्षिक दुई प्रतिशतका दरले स्वदेशी कामदार थप गर्दै लैजानुपर्ने बाध्यकारी प्रबन्ध कार्यान्वयन शुरू गरेको छ । यूएईको द नेशनल न्यूजका अनुसार ५० जनाभन्दा बढी कामदार रहेका निजी कम्पनीहरूले समेत आगामी जुन ३० तारिखभित्र तोकिएको प्रतिशतमा स्थानीय नागरिकलाई रोजगार दिन निर्देशन दिएको छ ।
नयाँ व्यवस्थाअनुसार यूएईमा प्रत्येक ६–६ महिनामा कम्तीमा १ प्रतिशतले स्थानीय कामदार थप गर्दै लैजानु पर्नेछ । तोकिएको प्रतिशतमा स्थानीयलाई रोजगारीमा नलगाउने रोजगारदातालाई जरिवाना गरिने पनि उक्त सञ्चारसंस्थाले जनाएको छ । यूएई सरकारको नियमले विदेशी नागरिकको कोटा कटौती हुँदै जाने आंकलन गरिएको छ ।