Date : 2023-06-11
वैदेशिक शिक्षामा ७५.१४ अर्ब बाहिरियो
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको १० महिनाको तथ्याङ्क अनुसार नेपालीले यो अवधिमा विदेशमा खर्च गरेको कुल १ खर्ब दुई अर्ब ४९ करोड रुपैयाँमध्ये वैदेशिक शिक्षाको लागि मात्रै ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको हो ।
यो १० महिनाको अवधिमा विदेशीले नेपालमा गर्ने खर्च (भ्रमण आय) भन्दा नेपालीले विदेशमा गर्ने खर्च (भ्रमण व्यय) दोब्बरले धेरै रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीले भने १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपालीले विदेशमा खर्च गर्ने रकमको ठूलो मात्रा शिक्षातर्फको रहेको छ ।
तर विदेशीले नेपालमा गर्ने खर्च भने पोहोरभन्दा दोब्बरले धेरै हो । पोहोर १० महिनामा विदेशीले नेपालमा जम्मा ६ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेका थिए ।
पोहोरको १० महिनामा नेपालीले विदेशमा ७५ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेकोमा शिक्षातर्फ ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो ।
सेयर
सम्बन्धित विषय: