Date : 2023-06-05


वैदेशिक रोजगार विभाग ताहाचल सर्‍यो

वैदेशिक रोजगार विभाग ताहाचलमा सरेको छ । राजधानीको बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार संघको भवनमा रहेकोे विभाग आइतबारदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो ।    असार १ गतेदेखि पूर्णरूपमा सर्ने योजनमा रहेकोे विभागले पूर्णरूपमा नसर्दासम्म विभागले दुवै ठाउँबाट सेवा प्रदान गर्ने बताएको छ । शुक्रबारदेखि सामान सार्न थालिसकेको भएपनि ताहाचलमा व्यवस्थापन गर्न समय लाग्ने बताइएको छ ।