
By : Rojgari App
विदेशबाट फर्कँदा भन्सार नतिरी के-के ल्याउन पाइन्छ? (हेर्नुस् सूची)
सरकारले नयाँ आर्थिक विधयेकसँगै विदेशबाट आउने यात्रुले भन्सार नतिरी र तिरेर ल्याउन पाउने सूची परिमार्जन गरेको छ। सुनमा नयाँ व्यवस्था गरिएको छ भने सामाजिक सुरक्षामा आवद्ध भएका र नभएका बिच छुट सुविधामा फरक पारिएको छ।
विदेशबाट आउने यात्रुले भन्सार नतिरी ल्याउन पाउने सामानहरू
-सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया,
तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रुपमा ल्याउन पाइने छैन।
-ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक
एक थान,
-लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान,
-औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि,
-शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने र त्यस्तो थप एक थान नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्नेछ।
-बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
-पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, गायक सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता सामान