![](https://rojgariapp.com//storage/103/waiter-jobrojgariapp.jpg)
By : Rojgari App
वेटर : छोटो अवधिको तालिमपछि सोझै रोजगारी ।
वेटर : छोटो अवधिको तालिमपछि सोझै रोजगारी ।
छोटो अवधिको तालिम लिएर रोजगार बजारमा प्रवेश गर्न चाहनुहुन्छ, कमाइ गर्दै आफ्नो पढाइलाई पनि जारी राख्नुहुन्छ । यदि त्यसो हो भने तपाईंको लागि काइदाको विकल्प हुनसक्छ, वेटर ।
यसका लागि तपाईंसँग कस्तो दक्षता हुनुपर्छ ? त्यस्तो सीप कहाँ लिन सकिन्छ ? कति शुल्क लाग्छ ? यसको जवाफ खोज्नुअघि रोजगारको अवस्थाबारे चर्चा गरौं । किनभने वेटरको कोर्स सकाएपछि कसरी काम खोज्ने, कहाँ खोज्ने, कति कमाइ हुन्छ भन्ने कुरामा यतिबेला तपाईं बढी उत्सुक हुनुहुन्छ । कहाँ अवसर ?
सामान्यदेखि स्तरीय रेस्टुरेन्ट, ब्याङ्केट हुँदै पाँचतारे होटलसम्म वेटरको खपत हुन्छ । देशदेखि विदेशसम्म वेटरले कामको अवसर पाउन सक्छन् । यसको सोझो अर्थ हो, वेटरको दक्षता भएकाले फुर्सदमा बस्नुपर्दैन ।
सन् २०३० सम्ममा नेपालमा शेराटन, होलिडे इन, क्राउन प्लाजा जस्ता तारेस्तरका होटलहरु भित्रिंदैछन् । त्यो पनि दर्जनौंको संख्यामा । नेपालमा अहिले ११ वटा पाँचतारे होटलसहित तारे, बुटिक, रिसोर्ट गरी डेढ सय हाराहारीमा लक्जरियस होटल सञ्चालनमा छन् ।
सीटीईभीटीमासाधरण लेखपढ गर्नेलाई पनि निःशुल्क तालिम, १८ महिनाको उक्त कोर्समा कुलिनरी आर्टदेखि वेटरसम्मको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान लिन सकिन्छ ।
त्यसैगरी सीटीईभीटीले ६५ दिने छोटो अवधिको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसमा वेटर, वारिष्ठा, बार टेन्डर जस्ता विषयमा तालिम लिन सकिन्छ । यो कोर्स सीटीईभीटी मातहतका शिक्षालयबाट लिन सकिन्छ । बर्सेनि १० देखि १५ हजार जनालाई उक्त कोर्स निःशुल्क रुपमा उपलब्ध गराइरहेको सीटीईभीटीका सूचना अधिकृत एकराज अधिकारी बताउँछन् । यस्तो कोर्स गर्न सामान्य लेखपढ मात्र गर्ने भए पुग्छ ।
सीटीईभीटीका देशभर ६५ वटा आंगिक शिक्षालय छन् भने ५२ वटा स्थानीय तहमा गैरनाफामूलक संस्थासँगको सहकार्यमा पनि विभिन्न तालिम गराउँदै आएको छ । त्यसबाहेक ६०० बढी सामुदायिक विद्यालय र ५०० बढी निजी इन्स्टिच्युटमा सीटीईभीटीको विभिन्न कोर्स गर्न सकिन्छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हस्पिटालिटी म्यानेजमेन्टको डिप्लोमा तहको कोर्स गराउँदै आएको छ । त्यसबाहेक वेटर, बारिष्ठा, बार टेन्डर जस्ता विषयमा छुट्टाछुटै तालिम दिंदै आएको छ । यो छोटो अवधिको कोर्स हो, ५६ दिनमा पूरा हुन्छ ।