Date : 2023-05-29
वर्षाका कारण रोकिएको आईपीएल क्रिकेटको फाइनल खेल आज
वर्षाको कारण हिजो रोकिएको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
फाइनलमा बेलुका पौने ८ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।
चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।