Date : 2023-07-11
विमान कहिले बूढो हुन्छ, पुरानो विमान दुर्घटनामा पर्ने सम्भावना कति
विमान कहिले बूढो हुन्छ, पुरानो विमान दुर्घटनामा पर्ने सम्भावना कति,
नेपालमा सन् २०१० यता मात्रै कम्तीमा तीन दर्जन हवाई दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको अभिलेखले देखाउँछ।
उक्त अवधिमा दुर्घटनामा परेका विमानमा १८ वटा मल्टी-इन्जिन अर्थात् धेरैवटा इन्जिन भएका विमान, १३ वटा हेलिकप्टर, चारवटा सिङ्गल इन्जिन विमान र दुईवटा विदेशी विमान छन्। त्यसैगरी मनोरञ्जन प्रयोजनका उडाइने केही हलुका विमानहरू पनि दुर्घटनामा परेका छन्। हवाई नीति २०६३मा प्रेसराइज्ड विमानको हकमा १५ वर्षभन्दा पुरानो वा ४५,००० प्रेसराइजेशन साइकल पूरा गरेको जुन पहिले हुन आउँछ त्यस्ता वायुयानहरू आयात निषेध गरिएको उल्लेख छ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका स्थित १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त फेला परेको थियो। यो विमान झन्डै ४३ वर्षदेखि सञ्चालनमा थियो।