Date : 2023-04-12


विभागले बनायो निर्देशकको नेतृत्वमा छापा मार्ने टोली ।

विभागले बनायो निर्देशकको नेतृत्वमा छापा मार्ने टोली ।

वैदेशिक रोजगार विभागले निर्देशकहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ । विभागका निर्देशक कृष्णप्रसाद भुसालका अनुसार विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित र ठगी नियन्त्रणको कार्यलाई नतिजामुखी बनाउन ती समिति गठन गरिएको हो ।

विभागका निर्देशकहरूको संयोजकत्वमा रहने समितिमा विभागका अधिकृत र कर्मचारी सदस्य रहने छन् । विभागले गठन गरिएका समितिहरुले विभागमा दर्ता रहेका म्यानपावर कम्पनी तथा अभिमुखीकरण संस्थाहरूमा अनुगमन गर्ने बताएको छ । विभागले जुनसुकै अवस्थामा अनुगमनमा टोली जाने भन्दै खटिएको कर्मचारी टोलीलाई आवश्यक कागजात, माग गरिएका विवरण तथा जानकारी उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

विभागले मातहत संस्थाहरूलाई अनुगमन गर्ने बताएपनि युरोप, अमेरिका तथा क्यानडामा वैदेशिक रोजगारी दिलाउने भन्दै करोडौंमा ठगी गर्ने शैक्षिक कन्सल्ट्यान्सीहरू भने अनुगमन बाहिर नै रहेका छन् ।

हाल विभागमा युरोपेली मुलुकमा रोजगारीलगायतका सुविधाको प्रलोभनमा परेर ठगीमा पर्नेहरूको भीड देखिने गरेको छ । ठगीमा परेका कतिपय पीडितहरूले विभागमा धरौटी राखेका म्यानपावर कम्पनी र कन्सल्ट्यान्सी फरक–फरक नभई एउटै हुन् भन्ने ठानेर वैदेशिक रोजगारीमा जान रकम दिएको बताउने गरेका छन् ।


#rojgariapp #nepal #news #baideshikrojgar