Date : 2023-06-01


विभाग दुई हप्तापछि पूर्णरूपमा ताहाचल सर्ने

वैदेशिक रोजगार विभागको बुद्धनगरस्थित कार्यालय ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय रहेको भवनमा सार्ने भएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै आइतबार अर्थात जेठ २१ गतेदेखि आंशिकरुपमा र असार १ गतेदेखि कार्यालय पूर्णरुपमा सर्ने जनाएको छ । हाल विभाग रहेको भवन नेपाल हिमालय सीमापार व्यापार संघको भवन हो । विभागले हाल कार्यालय रहेको ठाउँ सानो भएकाले सर्न लागेको बताएको छ ।