Date : 2023-08-01
Top 20 Manpower Agency In Nepal
आर्थिक वर्ष ८ सय ६७ म्यानपावर कम्पनीले विभिन्न मुलुकमा कामदार पठाएका छन् । त्यसमध्ये बत्तीसपुतली गौशालास्थित द रिभर ओभरसिज प्रा.लि.ले ५ हजार ३ सय १३ जना पुरुष र २ सय ३३ महिला गरी ५ हजार ५ सय ४६ जनालाई वैदेशिक रोजगारमा पठाएर गत बर्ष सबैभन्दा धेरै कामदार पठाउने पहिलो म्यानपावर कम्पनी बन्न सफल भएको छ ।
सूचीको दोस्रो नम्बरमा बालकुमारी, ललितपुरस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. रहेको छ । उक्त म्यानपावर कम्पनीले ४ हजार ८ सय १७ पुरुष र ५ सय १८ जना महिला गरी ५ हजार ३ सय ३५ जना पठाएको छ । सूचीको तेस्रो नम्बरमा सिनामंगलस्थित नीलकमल ह्युमन रिसोर्स प्रा.लि. रहेको छ । उक्त म्यानपावर कम्पनीले २ हजार ६ सय ८५ पुरुष र १ हजार ५ सय ५२ महिला गरी ४ हजार २ सय ३७ जना पठाएको छ । महिला कामदार धेरै पठाउनेमा निलकमल ह्युमन रिसोर्स प्रा.लि. सूचीको शीर्ष स्थानमा रहेको छ ।
चौथो नम्बरमा रहेको वाइडस्पेस इन्टरनेशनल प्रा.लि.ले ३ हजार ९ सय ७९, पाँचौंमा रहेको मोन्टेज ओभरसिज प्रा.लि.ले ३ हजार ६ सय ४९, छैटौंमा रहेको एक्सेस पाट्नर्स प्रा.लि.ले ३ हजार ५ सय ६४, सातौंमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि.ले ३ हजार ४ सय ५७, आठौंमा रहेको मेरिडियन ओभरसिज प्रा.लि.ले ३ हजार ३ सय ७८ तथा नवौंमा रहेको मास ह्युमन रिसोर्स प्रा.लि.ले ३ हजार १ सय ७९ जनालाई वैदेशिक रोजगारमा पठाएका छन् ।
यस्तै दशौं स्थानमा रहेको फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ९ सय ७३, एघारौंमा रहेको ओमेगा इन्टरनेशनल प्रा.लि.ले २ हजार ७ सय ७७, बाह्रौंमा रहेको साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ७ सय २, तेह्रौंमा रहेको लक्की एचआर सोलुसन प्रा.लि.ले २ हजार ५ सय ४६, चौधौंमा रहेको बिएस ओभरसिज प्रा.लि.ले २ हजार ५ सय २४, पन्ध्रौंमा रहेको एयरकिंग्स प्लेसमेन्ट प्रा.लि.ले २ हजार ४ सय ४६ र सोह्रौंमा मुस्कान ओभरसिज प्रा.लि.ले २ हजार ४ सय १ जनालाई वैदेशिक रोजगारमा पठाएका छन् ।
सूचीको सत्रौंमा लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.ले २ हजार ३ सय ९१, अठारौंमा रहेको दित्या इन्टरनेशनल प्रा.लि.ले २ हजार ३ सय १०, उन्नाइसौंमा रहेको पाल्ही ओभरसिज प्रा.लि.ले २ हजार ३ सय १ जना र बीसौंमा रहेको ट्रष्ट नेपाल ओभससिज प्रा.लि.ले २ हजार २ सय ३६ जनालाई वैदेशिक रोजगारमा पठाएका छन् ।
सूचीको पन्ध्रौं नम्बरमा रहेकोे ललितपुरस्थित एयरकिङ प्लेसमेन्ट प्रा.लि. १ हजार ५३ जना महिला पठाएर महिला कामदार धेरै पठाउनेमा दोस्रो नम्बरमा रहेको छ । धेरै महिला कामदार पठाउने सूचीको तेस्रो नम्बरमा सिनामंगलस्थित सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.ले रहेको छ । उसले ७ सय ४९ जना महिला कामदार वैदेशिक रोजगारमा पठाएको छ ।