
By : Rojgari App
Date : 2023-09-15
ठूलो विनाश भएको लिबियाली सहरमा के नेपाली शान्ति सैनिक खट्न सक्छन्
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकका कमान्डरले संयुक्त राष्ट्रसङ्घले आदेश दिएको खण्डमा भीषण बाढीका कारण हजारौँ मानिसको ज्यान गएको उक्त उत्तर अफ्रिकी मुलुकमा आफू तत्कालै उद्धार तथा राहत वितरणमा खटिन सक्ने बताएका छन्।
झन्डै २३५ नेपाली सैनिकले बाढीबाट प्रभावित डेर्ना सहरबाट झन्डै ११३ किलोमिटर पर अवस्थित राष्ट्रसङ्घीय मिशनको मुख्यालयमा पहरा दिइरहेका छन्। लिबियामा भएका सबै नेपाली सैनिक सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन्।
चरम द्वन्द्वका कारण दुई प्रशासनमा विभाजित छ। अहिलेको बाढीग्रस्त क्षेत्र नेपाली शान्ति सैनिकको क्षेत्राधिकार नभएको इलाकामा पर्छ।
राष्ट्रसङ्घ र लिबियाको अर्को पक्षबीचको सहमतिमा मात्रै नेपाली सैनिकहरूले कुनै पनि मानवीय सहयोग उपलब्ध गराउने अवस्था बन्ने अधिकारीहरू बताउँछन्।