Date : 2023-07-03


द रिभर ओभरसिज धेरै कामदार पठाउने सूचीको पहिलो नम्बरमा

वैदेशिक रोजगार विभागले हालसम्म सय जनाभन्दा बढी कामदार पठाएका म्यानपावर कम्पनीको नाम सार्वजनिक गरेकोे छ । विभागले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म रोजगारीका लागि विदेश कामदार पठाउने म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेकोे हो ।

 

विभागले यसअघि असार मसान्तसम्मको विवरण साउनको पहिलो हप्ता सार्वजनिक गर्ने गरेकोेमा यसपटक आर्थिक वर्ष समाप्त हुन करिब दुई हप्ताको समय बाँकी रहँदै हालसम्मको विवरण सार्वजनिक गरेकोे हो । म्यानपावर कम्पनी नवीकरण प्रयोजनका लागि उक्त सूची सार्वजनिक गरिएको बताइएको छ ।

 

विभागका अनुसार ५ हजार १२ जना कामदार पठाएको द रिभर ओभरसिज प्रा.लि. सूचीको  पहिलो नम्बरमा रहेको छ । 

दोस्रोमा रहेकोे इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले ५ हजार २ जना, तेस्रो स्थानमा रहेकोे वाइडस्पेश इन्टरनेशनल प्रा.लि.ले ३ हजार ९ सय २० जना पठाएको छ ।

 

वैदेशिक रोजगार विभागका अनुसार सूचीको चौथोमा रहेकोे निलकमल ह्युमन रिसोर्सेज प्रा.लि.ले ३ हजार ६ सय ४१ जना, पाँचौंमा रहेकोे एक्सेस पार्टनर्स प्रा.लि.ले ३ हजार ४ सय २८ जना, छैटौंमा रहेको मोन्टेज ओभरसिज प्रा.लि.ले ३ हजार ३ सय ९८ जना पठाएको छ । सूचीको सातौं नम्बरमा रहेकोे मेरिडियन ओभरसपज प्रा.लि.ले ३ हजार ३ सय ३९ जना, आठौं नम्बरको एसओएस ओभरसिज प्रा.लि.ले ३ हजार २ सय ९६ जना, नवौं नम्बरको मास ह्युमन रिसोर्स प्रा.लि.ले ३ हजार १ सय १५ जना, दशौं स्थानमा रहेकोे फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ८ सय ८६ जना, एघारौं स्थानमा रहेको ओमेगा इन्टरनेशनल प्रा.लि.ले २ हजार ६ सय ५४ जना, बाह्रौं नम्बरको साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ५ सय ९७, तेह्रौं नम्बरको लक्की एचआर सोलुसन प्रा.लि.ले २ हजार ५ सय १७ जना, चौधौं नम्बरको बिएस ओभरसिज प्रा.लि.ले २ हजार ३ सय ७६ जना, पन्ध्रौं नम्बरमा रहेको मुस्कान ओभरसिज प्रा.लि.ले २ हजार ३ सय ३२ जना पठाएको छ ।

 

सूचीको सोह्रौं नम्बरमा रहेको पाल्ही ओभरसिज प्रा.लि.ले २ हजार २ सय ५६ जना, सत्रौं नम्बरको दित्या इन्टरनेशनल प्रा.लि.ले २ हजार २ सय २३ जना, अठारौं नम्बरको ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.ले २ हजार २ सय ८ जना, उन्नाइसौं नम्बरको एयर किंग्स प्लेसमेन्ट प्रा.लि.ले, २ हजार २ सय ३ र बिसौं नम्बरमा रहेका काबेली ह्युमन रिसोर्स प्रा.लि. र मिनवा रिक्रुटमेन्ट एचआर प्रा.लि.ले समान २ हजार १ सय २३ पठाएका छन् । 

 

एक्काइसौं नम्बरको लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रा.लि.ले २ हजार ८० जना, बाइसौं नम्बरमा रहेकोे लाइफ इन्टरनेशनल ओभरसिज प्रा.लि.ले २ हजार ५३ जना, तेइसौं नम्बरको प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले १ हजार ९ सय ८२ जना, चौबिसौं नम्बरको देवान कन्सल्ट्यान्स प्रा.लि.ले १ हजार ९ सय ७० जना र पच्चीसौं नम्बरमा रहेको स्वीफ्ट एचआर सोलुसन प्रा.लि.ले १ हजार ९ सय ३६ जना पठाएका छन् ।