Date : 2023-06-30
तराई जिल्लामा बाढीको उच्च जोखिम, यी क्षेत्रमा जलसतह बढ्ने
महोत्तरीको आधादर्जन बढी खोलामा बाढी, वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम छ।