Date : 2023-05-29


टुँडीखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरसहित)

आज जेठ १५ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडीखेल)मा बज बिहानै विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाइएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै यसलाई अझै मदबुत बनाउनु पर्ने बताए ।