Date : 2023-06-14
साउदी दूतावासले पुरानै प्रक्रियामा भिसा दिने
काठमाडौं : नेपालस्थित साउदी अरेबियाकाे दूतावासले यसअघिकै प्रक्रियाबाट वैदेशिक राेजगारमा जाने नेपाली कामदारलाई भिसा दिने बताएको छ ।
जुन १२ तारिख अर्थात साेमबारदेखि राेजगारीका लागि साउदी अरेबिया जाने कामदारहरूले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेकोे शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने सार्वजनिक गरेकोे थियोे ।
नेपाल वैदेशिक राेजगार व्यवसायी संघको साउदी समस्या समाधान समितिका संयाेजक वैकुण्ठ प्रसाद पाैडेल 'वैभव'ले आइतबार साँझ भएको छलफलपछि साउदी दूतावासले पुरानै प्रक्रियाले नेपाली कामदारलाई भिसा प्रदान गर्न सहमति जनाएको मध्यान्हलाई बताए ।
उनलेे कामदारकाे याेग्यता ताेक्ने काम दूतावासकाे नभई कामदारलाई राेजगारी दिने कम्पनीको विषय भएकाे भन्दै शैक्षिक प्रमाणपत्र माग गर्ने दूतावासकाे नीति आर्थिक र व्यवहारिक दृष्टिकोणले समेत अनुचित र झन्झटिलो रहेकोे विषयमा छलफल भएपछि पुरानै प्रक्रियाले भिसा प्रदान गर्ने सहमति भएको उल्लेख गरे ।
दूतावासले माथिल्ला पदहरूमा यसअघि पनि शैक्षिक प्रमाणपत्र र तालिम लगायतका याेग्यता खुल्ने कागजात माग गरिने विषय यथावत रहेपनि लेबर भिसामा शैक्षिक प्रमाणपत्र माग नगरेको जवाफ व्यवसायी र परराष्ट्र मन्त्रालयलाई दिएको बताइएकाे छ।