Date : 2023-04-27


सन्दीप लामिछाने चम्किँदा नेपालले कतारविरुद्ध सानदार जित निकालेको छ ।

सन्दीप लामिछाने चम्किँदा नेपालले कतारविरुद्ध सानदार जित निकालेको छ ।

सन्दीपको अलराउण्ड प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पाराजित गरेको हो ।

 

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियो ।

 

कतारका जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५ रन बनाए । ओपनर कमरान खान ८ रनमा आउट भए । 

 

नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

 

त्यसअघि ब्याटिङको गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । 

 

नेपालका सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए । 

 

रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाएका थिए । आसिफ शेख २७ बलमा २ चौकासहित १९ रनमा आउट भए । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो ।

 

कतारका आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले ३ विकेट लिए । गयान मुनाविराले २ विकेट लिए भने इक्रामउल्लाह खानले १ विकेट लिए ।

 

योसँगै नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ ।