Date : 2023-09-05


सन् १९९७ मा आजकै दिन (सेप्टेम्बर ५) मा मदर टेरेसा

सन् १९९७ मा आजकै दिन (सेप्टेम्बर ५) मा मदर टेरेसाको मृत्यु भएको थियो । टेरेसालाई भारतका गरिबहरूलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गरिन्छ । टेरेसाले महिला सेविकाहरूको ठूलो जमात बनाएकी थिइन् । उनले १९५० मा स्थापना गरेको संस्था ‘मिसनरिज अफ च्यारिटी’ ले विभिन्न सेवागृह चलाएको थियो । मानव सेवामा सर्मपित भएका कारण उनले १९७९ को नोबेल शान्ति पुरस्कार समेत जितेका थिइन् । यद्यपि उनको संस्थाले सञ्चालन गरेका अस्पतालमा सफाइस्तर नभएको कतिपयको दाबी थियो । त्यसका साथै तानाशाहहरूले दिएको दान स्विकार गरेको भन्दै उनको आलोचना समेत हुने गरेको थियो । टेरेसा १९१० अगस्ट २० मा मेसेडोनियामा जन्मिएकी थिइन् । १९ वर्षको उमेरमा समाज सेवामा होमिएकी उनी तत्काल भारत सरुवा भइन् । उनले दार्जिलिङको एक स्कुलमा समेत पढाएकी थिइन् । सन् १९४६ मा कोलकाता फर्केर उनले दुःखी, गरिबको सेवा गर्न थालिन् । त्यसको एक दशकपछि अस्पतालका साथै परित्यक्त बालबालिकाका लागि आश्रय गृह चलाएकी थिइन् ।