Date : 2023-05-05


संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

 

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारीको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।