Date : 2023-05-28
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जेलजीवन बिताइरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
योसँगै अब राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरीलाई आममाफी दिनेछन् ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा एक बालकसहित ८ जनाको ज्यान गएको थियो ।