![](https://rojgariapp.com//storage/105/ramadan-news.jpg)
By : Rojgari App
Date : 2023-04-11
रमज़ान 2023 News !!! यो वर्षको ईद अल फित्र अप्रिल २१ तारिक शुक्रबार पर्ने भएको छ ।
रमज़ान 2023 News !!! यो वर्षको ईद अल फित्र अप्रिल २१ तारिक शुक्रबार पर्ने भएको छ ।
खगोलबिद् फैसल अल अन्सारीले शावल महिनाको अर्धचन्द्रमा अप्रिल २० तारिक मध्यपूर्वी देशका मुस्लिम बाहुल्य मुलुकहरूको आकासमा २२ मिनेटसम्म देखिने बताएका छन् ।
इस्लामिक परम्परा अनुसार ईद अल फित्रको महिनामा चन्द्रमा देखिएपछि ईदको घोषणा गर्ने गरिन्छ । ईद मुस्लिम समुदायको मात्रै चाड भएपनि नेपालबाट मध्यपूवका मुलुकहरूमा ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने कामदार सोही चाडका कारणले प्रभावित हुने गरेका छन् ।
ईदको महिना शुरू भएपछि नै कामदार लैजाने प्रक्रियामा सुस्तता देखिएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । ईद सकिएपछि रोकिएका रोजगारीका प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ । #rojgariapp