Date : 2023-06-28
पहिलो पटक भारतसँग मध्यकालीन विद्युत् सम्झौता, यही मनसुनदेखि बाङ्ग्लादेशमा पनि पठाउने योजना
मनसुनको आगमनसँगै विद्युत् उत्पादन बढेपछि नेपालले भारतमा विद्युत् निर्यात सुरु गरेको छ। हाल दैनिक आवश्यकता अनुसार चौबीस घण्टाको अवधिमा ३०० देखि ३५० मेगावाट हाराहारीमा बिजुली भारत पठाउने गरिएको अधिकारीहरूले बताएका छन्।
नेपालका धेरैजसो जलविद्युत् आयोजना नदीको जलप्रवाहमा आधारित रहेकाले वर्षा सुरु भएसँगै बिजुली निर्यात हुन थालेको हो।
माग, समय र अनुकूलताअनुसार विद्युत् निर्यात गर्ने र त्यसलाई नेपालको उत्पादन क्षमताले निर्धारण गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।
नेपालले भारतलाई ४५२ मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउने व्यवस्था छ। त्यसका लागि देशभरका १० वटा जलविद्युत आयोजनालाई अनुमति दिइएको छ।