![](https://rojgariapp.com//storage/449/baideshik-rojgar-bibhag.jpg)
By : Rojgari App
नयाँ म्यानपावर दर्ता रोकिएको छैन : विभाग
वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर कम्पनीको इजाजतपत्र स्थगन नगरिएको बताएको छ । मध्यान्ह दैनिकको मंगलबारको अंकमा ‘विभागद्वारा नयाँ म्यानपावर दर्ता प्रक्रिया स्थगन’ शीर्षकमा समाचार सार्वजनिक भएको थियो । उक्त समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागका अधिकृत प्रदीपकुमार ढकालले विज्ञप्ति जारी गरी भ्रममा नपर्न आग्रह गरेका छन् ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरूदत्त सुवेदीलाई उद्धृत गर्दै सार्वजनिक मध्यान्ह दैनिकको उक्त समाचारमा वैदेशिक रोजगार ऐन र नियमावलीमा म्यानपावर इजाजतपत्र नवीकरण गर्न अनिवार्यरूपमा वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति लिएको हुनुपर्ने व्यवस्था भएको अवस्थामा जेठको पहिलो हप्ता लाइसेन्स लिने व्यवसायीले असार मसान्तसम्ममा सय जना कामदार पठाउने सम्भावना नदेखिएकाले नयाँ लाइसेन्स रोकिएको उल्लेख थियो ।