![](https://rojgariapp.com//storage/446/bidhut.jpg)
By : Rojgari App
Date : 2023-05-22
निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा हिउँदमा ३० र बर्खायाममा ५० युनिटसम्म
सरकारले नीति तथ कार्यक्रममार्फत विपन्न वर्गलाई मासिक रूपमा हिउँदमा ३० र बर्खायाममा ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ। यो घोषणाले हिउँदयाममा २८ लाख ५० हजार र बर्खामा २८ लाख २५ हजार उपभोक्ताले निःशुल्क बिजुली पाउने देखिएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
अहिले २० युनिटसम्म विद्युत खपत गरेर निःशुल्क बिजुली बाल्नेको संख्या मासिक करिब १५ लाख २५ हजार छ। मासिक करिब १ करोड २० लाख युनिट खपत गर्ने उनीहरूले प्राधिकरणबाट वार्षिक करिब १ अर्ब ८० करोड बराबरको निःशुल्क बिजुली बालिरहेका छन् । सरकारको घोषणा कार्यान्वयन गर्दा निःशुल्क बिजुलीको मूल्य ११ अर्ब नाघ्ने प्राधिकरणको हिसाब छ ।