Date : 2026-01-27


नेपाल–साउदी अरबबीच श्रम सम्झौता , नेपाली कामदार थप सुरक्षित

वैदेशिक रोजगार विभागले १२ वटा देशको श्रम स्वीकृति खुला गरेको छ । अमेरिकाले इरनामाथि आक्रमण गरेपछि पश्चिम एसियामा उत्पन्न विषम परिस्थिति भन्दै विभागले  गत फागुन १७ गते सबै प्रकारका श्रम स्वीकृति बन्द गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई इमरजेन्सी रेस्पोन्स टिम (इआरटी)ले पश्चिम एसियामा अमेरिका–इरानबीच भएको युद्ध सुरु भएपछि रोकिएको नयाँ श्रम स्वीकृति खोल्न सोमबार सिफारिस  गरेपछि मन्त्रीस्तरीय निर्णयको आधारमा श्रम स्वीकृति खुला गरेको मन्त्रालयले  बताएको छ । केही दिनअघि पुनः श्रम स्वीकृति भने खाेलिएका थियो ।

साेमबार सूचना जारी गर्दै विभागले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसमेतका देशमा  मन्त्रीस्तरीय निर्णय बमोजिम अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति  खुला गरेको बताएको छ ।