Date : 2023-06-01


नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् । भारत र नेपालबीच सात सहमति १. नेपाल–भारत पारवहन सम्झौता नवीकरण २. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति । ३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी । ४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने ५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए ६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति ७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।