Date : 2023-06-26
काठमाडौं महानगरका मेयर बालेनलाई आधार बनाएर फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ ।
‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं । यो फिल्मले देश परिवर्तनमा राम्रो सन्देश दिनेछ भन्ने आशा हामीले राखेका छौं,’ गिरीले भने । फिल्ममा समाजको लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने उनले बताए ।