Date : 2023-05-02


कोठा भाडा महँगो, सटर भाडा महँगो सबै व्यवसायी मन्दीमा छन्, माथि बाट अग्रिम भाडा जसले गर्दा बाध्य भएर सटर खाली गरिरहेका छन्, व्यवसाय बन्द गरेर विदेशी पलायन हुने क्रम बढ्दो

सबै व्यवसायी मन्दीमा छन्,  माथि बाट अग्रिम भाडा

 जसले गर्दा बाध्य भएर सटर खाली गरिरहेका छन्,

कोठा भाडा महँगो,  सटर भाडा महँगो कतिपय पसलमा बोहनी हुन पनि कठिन व्यवसाय बन्द गरेर विदेशी पलायन हुने क्रम बढ्दो

बर्दिबासका रतिश रेग्मीले ८ वर्षअघि मैतीदेवी चोकमा जुत्ता पसल चलाउन सुरु गरे । त्यहाँ पाँच वर्ष जुत्ता व्यापार गरेपछि उनी राम्रो व्यापार गर्न भन्दै गौशाला चोक सरे । तर गौशाला चोक सरेको तीन वर्षमै उनले सटर खाली गरे । सामानसहित पसल बेच्न खोज्दा खरिदकर्ता भेटेनन् । पछि उनले आफ्ना सामान उठाएर सटर मात्र छाडे । व्यापार नभएपछि सटर भाडा तिर्नसमेत बैंकबाट थप ऋण लिनुपर्ने बाध्यता भएको उनले सुनाए ।

नयाँ बानेश्वर व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलको भनाइ पनि उस्तै छ । संघका सदस्यमध्ये २५ देखि ३० प्रतिशतले सटर बन्द गरेको उनले बताए । त्यसमा ५० प्रतिशत विदेश पलायन भएको उनको भनाइ छ । ‘संघमा १५ सय सदस्य छन् । धेरैजसो पसल बिक्री गर्ने मनसायमा छन्,’ उनले भने, ‘मन्दीका कारण भाडा बुझाउन सक्ने अवस्था छैन ।’ बानेश्वर क्षेत्रमा औसत भाडा दर ६० देखि ७० हजार रुपैयाँ छ । मुख्य–मुख्य व्यापारिक केन्द्रमा डेढ लाखभन्दा बढी पर्छ ।


मुलुकभर करिब ३५ प्रतिशत व्यवसायीले सटर खाली गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको  उपत्यकाकै हकमा पनि १५ देखि २० प्रतिशतले सटर खाली गरेको महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालले बताए
महासंघअन्तर्गत ३३/३४ वटा संगठन छन्तिनमा करिब २० हजार सदस्य छन् यी सबै व्यवसायी मन्दीमा छन्जसले गर्दा बाध्य भएर सटर खाली गरिरहेका छन्,




नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम संघमा आबद्ध व्यवसायीले एक महिनादेखि सटर बन्द गर्न थालेको बताउँछन् ‘संघमा  हजारभन्दा बढी सदस्य छन्२० देखि ३० सटर बन्द भइसके नयाँ खुलेका पसल पनि केही दिनमै बन्द हुने अवस्थामा छन्,’ अध्यक्ष गौतमले भने, ‘उपत्यकाबाहिर पनि वर्षौंदेखि चलिरहेका पसल बन्द हुने क्रम बढेको ’ सरकारले कर्फ्यु लगाएका बेला पसल खोल्दा हुने जस्तो चहलपहल रहेको गौतमको भनाइ  ‘बिहान चाबी बोकेर आयोपसल खोल्योराति त्यसरी नै फर्केर जानुपर्ने अवस्था आएको ,’ उनले भने, ‘ग्राहक नआउने  कहिलेकाहीँ बोहनी पनि नहुने अवस्था ’ मन्दी  चर्को बैंक ब्याजकै कारण घरबेटीलाई भाडा तिर्न नसक्नेपसल बन्द गरेर घरबेटीलाई चाबी बुझाउनेपसल छोडेर भाग्नेजस्ता प्रवृत्ति देखापरेको व्यवसायी बताउँछन्

भक्तपुर रेडिमेड व्यापार संघसँग आबद्ध २२ जनाले सटर छाडेको बताइएको  संघमा  सय ८० जना सदस्य रहेको संघका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिले जनाए ‘व्यापार व्यवसाय एकदमै धराशायी अवस्थामा पुगेर पसल छाड्नेदेखि बिक्री गर्ने क्रममा बढेको  २० वटा पसल बिक्रीमा छन्,’ उनले भने

बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघले पनि पछिल्लो समय १० जना व्यवसायीले सटर खाली गरेको जनाएको  पसल खाली गर्नेमा नयाँपुराना सबै व्यवसायी रहेको संघका अध्यक्ष शेखरचन्द्र राईले बताए रञ्जना व्यापार संघका अध्यक्ष बिना श्रेष्ठले पनि एक महिनाअघि १५ वटासम्म सटर खाली रहेकामा अहिले छाड्नेआउने क्रम जारी रहेको बताइन् ‘रञ्जना व्यापार संघमा  सय २७ भन्दा बढी व्यवसायी आबद्ध छन् अलिअलि सटर बन्द हुन थालेका छन्,’ उनले भनिन्, ‘एक महिनाअघि १५ वटासम्म सटर खाली थिए अहिले छोड्नेआउने क्रम जारी  जहाँ पनि टुलेट भन्ने बोर्ड देखिरहेका छौं