Date : 2023-06-21
कतारमा नक्कली कम्पनी खडा गरेर भिसा बेच्ने नौ आप्रवासी नागरिक पक्राउ
दोहा, कतार : कतारमा नक्कली कम्पनी खोलेर भिसाको व्यापार गर्ने नौ जना पक्राउ परेका छन् l विभिन्न प्रलोभन देखाएर फरक-फरक मुलुकका नागरिकलाई ठगी गर्दै भिसा बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा अरब र एसियाली मुलुकका ९ आप्रवासीलाई पक्राउ गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।
अपराध अनुसन्धान विभागका अधिकारीहरूले दर्ता नै नभएका कम्पनी खोलेर उनीहरूले भिसा बेच्ने गरेको खुल्न आएको बताएका छन् l उनीहरूको साथबाट कम्पनीको स्ट्याम्प, कागजपत्र र क्रेडिट कार्डसमेत जफत गरिएको छ l अभियुक्तहरूलाई थप कानूनी प्रक्रियाका लागि हिरासतमा राखिएको छ ।