Date : 2023-06-11
कामै नसकि ओलीले आफ्नो नाम लेखाएर अनावरण भएको धरहराको शिलालेख झिकियो
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको कामनै नसकि नयाँ धरहरामा अनावरण गरिएको शिलालेख हटाइएको छ । ओलीले आफ्नो नाम लेखाउन हतारमा धरहरा उद्घाटन गरेका थिए । जसको काम अझै सकिएको छैन ।
काम नसकी उद्घाटन भएको धरहराको बाँकी काम गर्न शिलान्यासले समस्या पारेपछि हाल निर्माण कम्पनीले नै झिकेर स्टोरमा थन्काएको छ । धरहरा पुनर्निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सनले शिलालेख अस्थायी रुपमा राखिएको अहिले फिनिसिङ गर्नको लागि झिकेर राखिएको बताएको छ । उक्त शिलालेख बाँकी काम सकेर पुन:स्थापित गरिने जानकारी दिईएको छ ।
हाल पुनर्निर्माणको काम जारी नै छ । उद्घाटन भएको दुई बर्ष एक महिना बितिसक्दा अझै टावरतर्फको बेसमेन्टका काम सकिन बाँकी छ । टावर उद्घाटन हुँदा बाहिरबाट मात्र बनेको जस्तो देखिएको थियो । टावरसम्म पुग्ने भर्याङको काम सकिएको थिएन । धरहरामा संग्रहालय निर्माणको काम अझै बाँकी छ । त्यसो त बाहिरी संरचनाको काम अझै बाँकीनै छ । काम सुस्त गतिमा भईरहेको छ ।