
By : Rojgari App
जापान रोजगारी : सीमित म्यापावरको मात्र मागपत्र प्रमाणीकरण गर्ने निर्णय
काठमाडौं : जापानस्थित नेपाली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट इजाजत प्राप्त सबै १ हजार ४३ वटै म्यानपावर कम्पनीको मागपत्र प्रमाणीकरण हुने जनाएको छ ।
सोमबार एक सूचना जारी गर्दै दूतावसाले सीमित केही संस्थाको मात्रै नभइ इजाजत प्राप्त सबै संस्थाको मागपत्र प्रमाणीकरण हुने जनाएको हो । दूतावासले श्रम मन्त्रालयबाट स्वीकृत भएको जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम र श्रम मन्त्रालयबाट प्राप्त सम्पूर्ण इजाजत प्राप्त १ हजार ४३ संस्थाको मागपत्र प्रमाणीकरण हुने सूचनामा उल्लेख गरेको छ ।
यसअघि दूतावासले सीमित केही संस्थाको मात्रै मागपत्र प्रमाणीकरण गर्ने गरी सूचना जारी गरेपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गम्भीर आपत्ति जनाएको थियो ।
दूतावासले परराष्ट्र तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन विपरीत २०८२ असार ३ गते सूचना प्रकाशित गरी निश्चित संस्थालाई मात्र जापान रोजगारीका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेपछि एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इजाजतपत्र प्राप्त रोजगार संस्थालाई जापान रोजगारीमा समान रूपमा सहभागी हुन पाउने संवैधानिक हक सुनिश्चित गर्न माग गरेको थियो ।