Date : 2023-06-20
जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालन
जनकपुरधाममा आइतबारदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ ।
जनकपुरधाममा उद्योग वाणिज्य सङ्घले आइतबार रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा आएको जनाएको छ । जनकपुरधाममा उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको छ । नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिए । उनले अहिले सुरु गरेपछि विस्तारै बजार सुधार गर्दै जाने बताए । जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले धेरै पहिलेदेखि विभिन्न निकायसँग माग गर्दै आएको थियो । उद्योगी व्यवसायीको माग बमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तकरक्रिया कार्यक्रममा नगरप्रमुख साहले आइतबारदेखि नै रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गरेका थिए ।