Date : 2023-06-15
जलवायू परिवर्तनकाे असरः तराईमा चापाकल सुके, पानी किनेर पिउनुपर्ने बाध्यता
पिउने पानीका लागी भूमीगत जलश्राेतमा निर्भर रहेका मधेश प्रदेशका सर्वसाधारणहरु जलवायू परिवर्तन र चुरे अतिक्रमका कारण भूमीगत श्राेतकाे पानी सुकेपछि पहिलाे पटक पिउने पानी किनेर खान बाध्य भएका छन् । तराईका जिल्लाहरुमा घरघरमा चापाकल गाडेर पिउने पानीको जाेहाे गरिंदै आएकाेमा यसवर्ष जेठ महिनाकाे शुरुवातदेखि नै चापाकलमा पानी छैन । सर्वसाधारणले पहिलो पटक जारकाे पानी किनेर पिउनु परेकाे छ।
मधेश प्रदेशकाे एक मात्र महानगर वीरगंजका बासिन्दाहरू काकाकुल भएकाे अवस्था छ। महानगरपालिकाले पिउने पानी उपलब्ध गराउनका लागी ट्यांकरमार्फत् पानी वितरणकाे प्रबन्ध मिलाउने प्रयास जारी राखेकाे छ।