Date : 2023-06-30
इराक, अफगानिस्तान र कीर्गिस्तानसमेत खोल्नुपर्छ : श्रम मन्त्री शरतसिंह भण्डारी
मस्कट, ओमान : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलनका सहभागीले स्थिर नीतिको आधारमा वैदेशिक रोजगार सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको आतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा बुधबारदेखि शुरु भएको सम्मेलनमा सहभागीहरुले स्थिर नीतिको आधारमा वैदेशिक रोजगार सञ्चालन हुनुपर्नेमा जोड दिएका हुन् । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा रहेकोे सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।
सम्मेलनको दोस्रो दिन बिहीबार भएको समूहगत छलफलमा सहभागीले नेपालमा विगत लामो समयदेखि समस्याको रूपमा रहेको फ्रि भिसा, फ्रि टिकट, सेवा शुल्क परिमार्जन, महिला घरेलु कामदारको श्रम स्वीकृति समस्या समाधान र इराकलगायतका देशमा रहेको प्रतिबन्ध खुला गरिनुपर्ने धारणा राखे ।
सम्म्मेलनको दोस्रो दिन सम्मेलनका विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, पूर्वउपप्रधानमन्त्री एवम् सांसद रघुवीर महासेठ, पूर्वश्रममन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’लगायत प्रमुख वक्ता रहेकोे कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारबारे नेपाल सरकारको अस्थिर नीतिले कामदार समस्यामा परेको गुनासो राखेका थिए ।
जवाफमा श्रममन्त्री भण्डारीले सम्मेलनमा भाग लिन आउनु अगाडि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उनको पनि सुभेच्छा लिएर आएको भन्दै नेपाल पुगेपछि खाडीमा कार्यरत नेपालीका समस्याहरूलाई उच्च प्राथमिकतामा राखेर समाधान गर्ने बताए ।
मन्त्री भण्डारीले सरकार वैदेशिक रोजगारका समस्या समाधानका पक्षमा प्रतिबद्ध रहेको भन्दै श्रम मन्त्रालय नेपालले दौत्य सम्बन्ध रहेका सबै मुलुकलाई खुला गर्नुपर्ने पक्षमा रहेको बताए । उनले विगतमा जोखिमयुक्त भनेर प्रतिबन्ध लगाइएका इराक, अफगानिस्तान र कीर्गिस्तानजस्ता आकर्षक तलब हुने मुलुक खुला गर्ने पक्षमा मन्त्रालय रहेकोे बताए । नेपाली कामदारको ब्राण्डिङ गरी उनीहरूलाई खाडी र मलेसियाबाट युरोपेली मुलुकमा स्थानान्तरण गर्ने सोचमा आफू रहेकोे पनि मन्त्री भण्डारीले उल्लेख गरे ।
त्यसैगरी पूर्वश्रममन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा उल्लेख्य सुधार भएको बताए । उनले आफ्नो कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकोे श्रम डेस्क हटाउने, वैदेशिक रोजगार प्रशासनलाई प्रविधिमैत्री बनाउँदै सम्पूर्ण सेवाहरू अनलाइन प्रणालीमा लैजाने, पुनः श्रम स्वीकृतिको प्रक्रिया स्थानीय तह र विदेशस्थित नियोगबाट दिनेलगायतका धेरै काम भएको बताए ।
पूर्वमन्त्री श्रेष्ठले पनि आफ्नो कार्यकालमा फ्रि भिसा, फ्रि टिकट, सेवा शुल्क परिमार्जनजस्ता विषयमा गहन गृहकार्य गरिएको भन्दै नेपालका छिमेकी मुलुकहरूको अभ्यासलाई समेत ध्यान दिएर नीतिहरू परिवर्तन गरिनुपर्ने उल्लेख गरे ।
बिहीबारको छलफलमा एनआरएनए खाडी मुलुक अन्तर्गत सातवटा देशका संयोजकहरूले आ–आफ्नो देशगत प्रतिवेदन प्रस्तुत गरे । उनीहरूले कामदारका समस्या तथा मृतक कामदारको शव नेपाल पठाउने विषयमा रहेकोे समस्या, घरेलु कामदारका समस्या र नेपाल सरकारको नीतिमा रहेका त्रुटि औंल्याएका छन् ।
सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपालीहरुले स्थानीय भाषा, कानूनी ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका विषय पनि गम्भीरताका साथ उठेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल भएको छ ।
छलफलमा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहाल, कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, श्रम मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभलगायतको सहभागिता रहेको थियो ।
सम्मेलनमा बहराइनका लागि नेपाली राजदूत तिर्थराज वाग्ले, साउदीका लागि नेपाली राजदूत नवराज सुवेदी, कतारका लागि नेपाली राजदूत डा. नरेश बिक्रम ढकाल, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल तथा अन्य सरोकारवाला निकायका पदाधिकारी सहभागी छन् ।
यस्तै सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्वअध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्यलगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मीलगायतको पनि सहभागिता रहेको छ ।
समूहगत रूपमा भएका छलफलमा सम्मानित र सुरक्षित वैदेशिक रोजगार, वैदेशिक रोजगारमा रहेका नेपालीको मतदानको अधिकार, रेमिट्यान्सको उपयोग र हन्ड्रेड मिलियन डलर परियोजना, सामाजिक सुरक्षाका लागि सामाजिक सुरक्षा : टाढा कि नजिक, नेपालको पर्यटन विकासमा मध्यपूर्वको भूमिका, एनआरएन अभियानमा महिलाको भूमिकालगायतका विषय प्रमुख एजेन्डा हुन् ।
त्यसैगरी विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवम् अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न सहभागीले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार सम्पन्न हुने छ ।
सम्बन्धित समाचारहरू:
एनआरएनएको आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन आजदेखि ओमानमा
वैदेशिक रोजगार | 2080-Ashad-13
वैदेशिक रोजगारलाई पूर्णतः प्रविधिमा आधारित बनाइन्छ : मन्त्री भण्डारी
वैदेशिक रोजगार | 2080-Ashad-13
इराक, अफगानिस्तान र कीर्गिस्तानसमेत खोल्नुपर्छ : मन्त्री भण्डारी
वैदेशिक रोजगार | 2080-Ashad-14
साउदीमा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
वैदेशिक रोजगार | 2080-Ashad-14
आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानको मस्कटमा शुरु, श्रमिकका सरोकार र समस्याबारे बृहत् छलफल जारी
वैदेशिक रोजगार | 2080-Ashad-13
वैदेशिक रोजगारमा गएका नवलपुरका २८ जनाको मृत्यु
वैदेशिक रोजगार | 2080-Ashad-13
एनआरएनएको आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन आजदेखि ओमानमा
वैदेशिक रोजगार | 2080-Ashad-13
वैदेशिक रोजगारलाई पूर्णतः प्रविधिमा आधारित बनाइन्छ : मन्त्री भण्डारी
वैदेशिक रोजगार | 2080-Ashad-13
इराक, अफगानिस्तान र कीर्गिस्तानसमेत खोल्नुपर्छ : मन्त्री भण्डारी
वैदेशिक रोजगार | 2080-Ashad-14
साउदीमा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
वैदेशिक रोजगार | 2080-Ashad-14
आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानको मस्कटमा शुरु, श्रमिकका सरोकार र समस्याबारे बृहत् छलफल जारी
वैदेशिक रोजगार | 2080-Ashad-13
वैदेशिक रोजगारमा गएका नवलपुरका २८ जनाको मृत्यु
वैदेशिक रोजगार | 2080-Ashad-13
यसमा तपाइको मत:
नाम (अनिवार्य):
इमेल (अनिवार्य) (गोप्य राखिनेछ):
प्रतिक्रिया दिनुहोस् (अनिवार्य):
Comments
ताजा समाचार
अन्योलमा कोशी
डेंगुको जोखिम उच्च : ६ महिनामा ९ सय बिरामी
अझै कार्यान्वयनमा आएन २० वर्षे सवारी हटाउने निर्णय
निकास देऊ
समाजवादी मोर्चा किन ?
नेतृत्वमा पलाउने सामन्तवादी प्रवृत्ति
तपाईंको आजको राशिफल
कृषि सामग्री वितरण