Date : 2025-06-27


एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने , यसरी थाहा पाउन सकिने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

  • नेपाल टेलिकम: १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर​ सेवामार्फत सुन्ने ।

  • जानकी टेक्नोलोजी: ३५००१ मा एसएमएस पठाउने ।

  • आकाश टेक: ३१००३ मा एसएमएस पठाउने ।

  • स्विफ्ट टेक्नोलोजी: ३४४५५ मा एसएमएस पठाउने ।

  • अल स्टार आईटी सोलुसन्स: ३४९४९ मा एसएमएस पठाउने ।

तरिका

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् । 

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34949 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् । 

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :

  • see.gov.np

  • neb.gov.np

  • see.ntc.net.np

  • ekantipur.com

  • see.esewa.com.np

  • खल्ती एप

  • collegeinfonepal.com

  • theconnectplus.com

  • 12khari.com

  • collegesnepal.com/see_result

  • एनसेल एप

  • swiftttech.com.np/see-result

  • result.neemaacademy.com

  • see.mypay.com.np


२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।