Date : 2023-05-15


एमडीएमएस प्रणालीमा दर्ता नभई भन्सार छलेर ल्याइएका मोबाइलहरु नचल्ने

नेपालमा आज विहिबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु भएको छ।मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यो प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने भएकाले अवैध तरिकाले भित्राइएका मोबाइल अब नचल्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् ।


बैद्य मोबाइल मात्र पहिचान हुने भएकाले गैर कानूनी आयातमा कडाई हुने र अटेर गर्नेलाई कारबाहि हुने प्राधिकरणको भनाई छ।

भदौं ३० गतेसम्म खरिद भएको तथा गैर कानूनी रूपमा आयात भई प्रयोगमा आएका मोबाइललाई खूला गरि एमडीएमएस प्रणालीमा गाभिएको भएपनि भोली शुक्रबार भदौ ३१ गतेदेखि त्यस्ता मोबाइलमा कडाई नहुने प्राधिकरणले सचेत गराएको छ।

अबदेखि मोबाइल खरिद गर्दा मोबाइल सेट एमएडीएमएस(mdms.nta.gov.np) प्रणाली मा दर्ता भएको नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ।