Date : 2023-07-06

ए पुरुष, तपाईं विवाहित भनेर हामीले कसरी थाहा पाउने ?

केटीको बिहेपछि प्रमाण सिन्दुरले पोतिएको सिउँदो, हातमा चुरा र गलाको पोतेले सजिएको हेर्दा पनि विवाह भएकी नारी भनेर सहजै चिन्न सकिन्छ र चिनिन्छ पनि । विडम्बना, केटाहरूको विवाहपछाडि खोइ के छ त प्रमाण ? विवाह भएको छ भनेर खै कसरी छुट्याउने ?

मिरमिरेको घामको सुन्दर बिहानीसँगै सुरुवात भएको दिनले एउटा छुट्टै खालको माहौल सिर्जना गरिरहेको थियो । एक दिनको कहानी हो, हामी क्याम्पसको प्रतीक्षालयमा गफमा मस्त थियौँ । धेरैपछि धेरै नयाँ माहौल र परिवेशमा रमाएर छुट्टै रमाइलो खालको कुराकानीको प्रसंगमा छलफल गरिरहेका थियौँ ।

सदाभन्दा केही फरक अनुहार र केही फरक कौतुहलताले वातावरण नै निकै रोमाञ्चक बनाइरहेको थियो । धेरैपछि भेटेका साथी, आफूले मान्नुपर्ने सरहरू र दाइहरूसँगको भेट निकै रमाइलो गरी बितिरहेको थियो । लगनको महिना, त्यसमाथि विवाहका लागि उमेर पुगेका साथीहरू र कोही विवाह गरेर पनि विवाह नगरेजस्तो हरेक प्रश्नको उत्तरबिना मौन रहिरहेको कुरा म प्रत्यक्ष सुन्दै र त्यसमाथि धेरै सोच्न बाध्य भएकी थिएँ ।

जब म क्याम्पसमा ब्याचलर पढ्नका लागि गएको केही दिनपछि चिनेका एक जना दाइ हुनुहुन्थ्यो । उहाँको नाम थियो– मनकुमार । उहाँ एकदमै मिलनसार हुनुका साथै हरेक विद्यार्थीका भावना बुझेर कामहरू गरिदिने गर्नुहुन्थ्यो । एक दिनको कुरा हो, म ब्याचलर सकेपछि काम विशेषले एउटा कार्यक्रममा सहभागी हुने मौका पाएकी थिएँ । किनकिन चार वर्ष पढेर बिताएको त्यो क्याम्पस साँच्ची निकै प्यारो लागिरहेको थियो । अब फेरि कहिले पढ्न आउने होला त्यसैगरी झोला बोकेर भन्ने लागिरहेको थियो । सरले पढ्न आऊ भन्दा नटेरी नटेरी साथीहरूसँग घाम तापेर हाँस्दै त्यो चौरमा बस्नुको आनन्द म कसरी बिर्सूं । त्यसबेलाका साथी, शिक्षकहरू अनि त्यो माहौल, ती सबै याद खै कसरी लेखूँ शब्दहरूमा ।

कुरा मनकुमार दाइको हो । म भर्खरभर्खर विवाह गरेर क्याम्पसमा गएकी । सबैले खुब मज्जासँग मलाई जिस्क्याइरहेका थिए । मनकुमार दाइ पनि भन्दै हुनुहुन्थ्यो कि अब त विवाह पार्टी गर्नुपर्छ । दाइ कारणवश मेरो विवाहमा सहभागी हुन पाउनुभएको थिएन । यत्तिकैमा मैले पनि दाइलाई एउटा प्रश्न सोधेँ, 'भाउजू अहिले कहाँ हुनुहुन्छ ?'  दाइ मौन हुनुभयो । मैले केही वर्षअगाडि सुनेको- भाउजू त विदेश हुनुहुन्छ रे । केही समयमा दाइ पनि उतै जाँदै हुनुहुन्छ रे । प्राय: हरेक प्रश्नमा मौनता कायम राख्दै हुनुहुन्थ्यो मनकुमार दाइले । हामी प्रतीक्षालयमा सात/आठ जनाको समूहमा एकपछि अर्को गर्दै तर्कवितर्क पस्किरहेका थियौँ ।

केटीको बिहेपछि प्रमाण सिन्दुरले पोतिएको सिउँदो, हातमा चुरा र गलाको पोतेले सजिएको हेर्दा पनि विवाह भएकी नारी भनेर सहजै चिन्न सकिन्छ र चिनिन्छ पनि । विडम्बना, केटाहरूको विवाहपछाडि खोइ के छ त प्रमाण ? विवाह भएको छ भनेर खै कसरी छुट्याउने ? यही वास्तविकता ठ्याक्यै मनकुमार दाइको जीवनसँग मेल खान गइरहेको थियो । सँगै भएको एक जना रामेदाइ हामीलाई जसोतसो विवाह भएको छ, त्यस्तै केही भनेर बुझाउन खोज्दै हुनुहुन्थ्यो । तर, हामीले प्रश्नमाथि प्रश्न गरिरहेका थियौँ । अब प्रश्न गर्ने पालो सुमित्राको थियो ।  

वास्तवमा यो सोचनीय कुरा छ– विवाहित केटी मान्छेले विवाहपश्चात् सिउँदोमा सिन्दुर र हातमा चुरा लगाएन भने समाजले प्रश्न गर्न थालिहाल्छ । त्यो समाजका मान्छेले भन्न थालिहाल्छन्– यसको त बुढासँग राम्रो सम्बन्ध रहेनछ ।

'हजुरले कहिल्यै पनि भाउजूसँगको फोटो फेसबुकमा पनि हाल्नु हुन्न त' भन्दै मजाकको शैलीमा सुमित्रा प्रश्न गरिन् । त्यहीँ सँगै बसेको रामकुमार दाइले मजाक गर्दै भन्नुहुन्थ्यो, 'विवाह महोत्सव, जन्मदिनलगायत ती सम्पूर्ण विशेष दिनहरूमा फेसबुकमा भन्दा पनि ढोकामा चुकुल ठोकेर भिडियो कलमा बोल्ने चलन छ होला दाइको ।'

यसो भन्दै गर्दा यहाँको वातावरण हाँसोले गुञ्जिरहेको थियो । चौरमा वरपर बसिरहेका, हिँडिरहेका, खेलिरहेका र अध्ययन गरिरहेका सम्पूर्ण विद्यार्थी/शिक्षकलगायतका सम्पूर्ण मानिसहरूको ध्यान हामीतिरै आकर्षित भइरहेको थियो ।

keystoneglobalnetwork
Hero New year offer
साेफिया गैरेकाे..

अब प्रश्न गर्ने पालो मेरो थियो । अनि 'आजको युग एक्काइसौँ शताब्दीको हो, यो युगमा रहेर बाँचिरहँदा पनि यस्तो, यो त अत्ति नै भएन र ?' भन्दै दाइलाई हेरेँ । दाइले मन्द मुस्कान दिँदै भने, 'हरेक मानिसको आ–आफ्नै स्वभाव हुन्छ बैनी । कोही धेरै बोल्छन् । आफ्ना कुराहरू सबै खोल्छन् । कसैले आफ्ना कुरा अरुलाई बाहिर देखाउन चाहँदैनन् ।'

मैले पनि हाँस्दै 'कि भाउजूलाई बाहिर देखाउनै नहुने' भन्दै प्रश्नचिह्न खडा गर्न बाध्य भएँ । अनि उल्टै जोक हान्दै मैले भनेँ, 'उसो भए त कोठाभित्र नै राख्नुपर्छ होला है मनकुमार दाइ ।' फेरि हाँसोको फोहरा उर्लियो ।  

यति भन्दै गर्दा म आफैँले आफैँलाई धेरै सोच्न बाध्य पनि भएँ । आखिर विवाह अन्तर्जातीय भएर पो हो कि ! घरमा श्रीमती हुँदाहुँदै कतै बाहिरतिर अर्कैसँग चक्कर चलेर पो हो कि !  यी सबै कुराको प्रमाण मैले खोजेको जसरी समाजले पनि त खोजेको छ होला नि ।  

म एउटा विवाहित नारी । मेरो श्रीमान्‌ले मलाई सम्झिनुपर्ने दिनहरूमा केही ढिला अथवा याद नभए पनि म एकै पलमा कति कुराहरू सम्झिन भ्याउँछु । अनि फेरि आफ्नो व्यक्तिगत विचारलाई एकातिर पन्छाउँदै त्यही भाउजूलाई सम्झिन्छु । उहाँको श्रीमान्‌ले कहिल्यै फोटो नहाल्दा कहिल्यै अरुलाई नचिनाउँदा कस्तो लाग्दो हो ? कुनै पनि महिला विवाहित हो भन्ने कुराको प्रमाण सिउँदोमा सजिएको सिन्दुरले सहजै अनुमान लगाउन सकिन्छ । केटा विवाहित हो या होइन भनेर अनुमान लगाउने प्रमाण खोइ ? 

बाहिरी आवरण नै नजानी कसरी निस्किन सकिन्छ मनोविज्ञानको यात्रामा ? स्वयम् भगवान् केशवानन्द स्वामीले भनेझैँ 'डुइङ नथिङ इज नट सेफ अप्सन' अर्थात् केही नगर्नु सुरक्षित विकल्प हैन । साधारण सत्यलाई नबुझेसम्म कसरी बुझ्न सकिन्छ त परम सत्य ?

त्यसैले वास्तवमा यो सोचनीय कुरा छ– विवाहित केटी मान्छेले विवाहपश्चात् सिउँदोमा सिन्दुर र हातमा चुरा लगाएन भने समाजले प्रश्न गर्न थालिहाल्छ । त्यो समाजका मान्छेले भन्न थालिहाल्छन्– यसको त बुढासँग राम्रो सम्बन्ध रहेनछ । अब यही समाजमा विवाहित पुरुषले म अविवाहित छु भन्दै खोकिरहँदा महिलालाई जस्तै प्रश्नको कठघरामा पुरुषलाई किन उभ्याइँदैन ?