Date : 2023-08-18
Dubai मा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् ।
२९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।
महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा चिट्ठा जित्न सफल भएको द गल्फ न्युज डटकमले जानकारी दिएको छ । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आइरहेको समाचारमा उल्लेख छ ।तुलसी विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आइरहेका थिए । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए । यो रकमले अब नेपालमा नयाँ घर बनाउने योजना रहेको उनको भनाई छ ।
त्यस्तै, सुडानका इन्जिनियर अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का जित्न सफल भएका छन् ।