Date : 2023-06-04


चिसो पेय पदार्थमा थपियो प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क

सरकारले हल्का चिसो पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क थप गरेको छ । यसअघि अन्तःशुल्क नरहेको यस्तो पेय पदार्थमा सरकारको नयाँ व्यवस्थासँगै अब प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ । यसअघि अन्तःशुल्क लाग्ने सूचीमा नरहेको यो वस्तुमा सरकारले अन्तःशुल्कमा समावेश गर्दै अतिरिक्त २५ रुपैयाँ मूल्य लाग्ने बनाएको हो । आन्तरिक राजस्व विभागकाअनुसार यस्तो व्यवस्था पछि कोक, फेन्टा, स्प्राइट, ड्यु, पेप्सी लगायतका चिसो पेय पदार्थ महँगो हुनेछ ।