
By : Rojgari App
भिसा नै शंकास्पद्, क्रोएसियाबाट ११ नेपाली ‘डिपोर्ट’, कुन मैनपावर बाट गएको ? ? यस्तो छ कारण ?
उनीहरूलाई चार दिन अनुसन्धानमा राखेर नेपाल फर्काएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी अञ्जन न्यौपानेले कामका लागि क्रोएसिया पुगेका उनीहरूको भिसा छोटो अवधिको देखिएपछि त्यहाँका अध्यागमन अधिकारीले शंकास्पद भन्दै पठाएको बताए ।
फर्किनेहरूमा अमितकुमार विश्वकर्मा, लक्ष्मण मगर, गीता सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, अतित तामाङ, पल्सीन लिम्बू, मनिषा कार्की सुब्बा, शंकर सुनुवार र उपेन्द्रप्रसाद वली रहेका छन् । उनीहरू फ्लाई दुबईको विमानबाट मंगलबार काठमाडौं आइपुगेका थिए ।
उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोएसियाका लागि उडेका थिए । क्रोएसियामा विदेशी कामदारहरू मुख्यतया निर्माण, आतिथ्य र यातायात क्षेत्रमा कार्यरत छन् । ती क्षेत्रमा नेपालीसहित फिलिपिन्स र भारतबाट उल्लेखनीय मात्रामा कामदार पुगेका छन् ।
भिसा नै शंकास्पद्, क्रोएसियाबाट ११ नेपाली ‘डिपोर्ट’, कुन मैनपावर बाट गएको ? ?